Thursday, October 15, 2015

sridos basyal: स्वप्निल "The Real Artist"

sridos basyal: स्वप्निल "The Real Artist":                                                                                               ठुलो वृक्षको छाहारीमा सानो ओढार ...

sridos basyal: सत्ता सूचांक: नेपालीको सस्तो रास्ट्रबाद

sridos basyal: सत्ता सूचांक: नेपालीको सस्तो रास्ट्रबाद:                                           सत्ता सूचांक: नेपालीको सस्तो रास्ट्रबाद न सिर झुक्छ कहिल्यै , न नेपालि टोपी नै , नेपालि भन्दा ग...

sridos basyal: सिरको टोपी-पुर्खाको यो नेपाल

sridos basyal: सिरको टोपी-पुर्खाको यो नेपाल: सिरको टोपी-पुर्खाको यो नेपाल सिरको टोपी न झुक्छ हाम्रो, न अस्ताउछ चन्द्र र सुर्य सस्कृति ,पहिचान,सार्बभौम हाम्रो गर्ब गर्ने नेपाल।...

Monday, May 25, 2015

खराब के लाई भन्ने?

खराब के लाई भन्ने? सोच्दै छु म पनि खराब बनु !!!
->अरु सबै जान्नु हुन्छ,कुनै एउटा काम गर्न मन लाग्दैन वा जान्नु हुन्न। (जन्मिदै सबैले सबै जान्दैन)
->परिवारसँग झुट बोलेर बाहिर निस्किनु हुन्न।(परिवारलाई झुट बोल्नेले अरुलाई सहज नै होला)
->बाहिरी देखाओटी नाटक गर्न जान्नु हुन्न। (वास्तबिक्तामा हिंड्ने नै उत्तम होलान)
->बाहिरी खर्च गर्न रुचाउनु हुन्न।(चाहिने बेला खर्च गर्ने बानी राम्रो होला )
->पहिलो प्राथमिकता मलाई होइन परिवारलाइ दिनुहुन्छ।(परिवारको लागि तपाईं सदा केन्द्रमा हुनुहुन्छ)
->मिठा शब्दमा मोहित पार्न जान्नु हुँदैन।(सबैकुरा शब्दमा दर्साउन सकिदैन शब्द र मन फरक पर्न भयन )
(नोट :खराब हाम्रो सोचाइ हो,तपाइलाई राम्रो लागेको कुरा अर्कोलाई खराब लाग्न सक्छ ।।। )

Saturday, July 19, 2014

                                                      नामै खलासी 

दाइ रोक्नुस न!……………………। बानेश्वर को जाम को के कुरा गराई भो र,सधै जस्तै म बानेश्वर देखि पुरानो बसपार्क जादै थिय,सायद यी ड्राइभर खलासीहरु  तेसै यो उपमा पायका  होइनन सम्मान गरेर  दाइ रोक्नुस न भने तर टेडो नजर लगाउदै झन कुदायो।मन मनले भने  यदि त्यो ड्राइभर खलासी मात्र गाडिमा नभयर  मेरो अगाडि भैदियको भय मुर्दार ले सित्तैमा लैजान  जस्तो गाडी नि रोक्दैनस  भन्ने थिय होला। मन मन ले गालि गरे.तर न त गाडी नै रोकियको थियो न त मैले गालि नै गर्न पाय ….  सायद  अति ब्यस्त हुने भयर होला त्यो रोडमा मान्छे र गाडि बराबर जस्तो देखिन्थे,तर खालि गाडि  भेट्न भने एक युग तपस्या गरेर आय पनि भेट्न गारो पर्थ्यो,अझ कति चोटी त कुर्नु सम्म कुर्यो अनि पाय पनि जति हिडेर जान समय लाग्छ त्यो भन्दा बडि  समय लाग्ने पुरै चमेरे सिटमा बसेर अझ  पैसो नि  तिरेर …… भन्दा  न भंन्दै एउटा ठिमी -बसपार्क वाला हाइस  आयो र रोक्यो पनि मात्र  एक  हातको  इसारामा,,,,,,म पनि के कम हत्त न  पत्त चढे ,सधै जस्तै त्यो दिन पनि लाग्यो म आज पनि सगरमाथा नै चड्दै छु, पुरै फुर्ति का साथ चढे,चड्दा नचडदै नौलो अनुभब भयो अनि मन मनै  सोचे आज मेरो  बिशेस रहेछ किन भने आज  माइक्रो चड्दा नै खालि सिट  पाय कारण थियो म  चड्दा चड्दै एक जना झरेको थियो,गाडी  प्याक नै भयपनी म सिटमा बसिहाले, बस्दा बस्दै मेरो नजर त्यो केटो जसलाई खलासि भन्छ यो समाज मा पुग्यो जसले म चड्दा देखि नै नियालिरहेको रहेछ,अथवा मैले हेर्दा उसले नि मलाइ नै हेर्यो तर हाम्रो नजर भनेजुध्यो ……. म उसलाई नजर नै नलगाय जसरि बसे  म कानमा हेडफ़ोन लगायर बसिरहे गित सुने पनि नसुने पनि हेडफ़ोन छोड्ने कुरै थियन,,,, घरि घरि उसलाई हेर्थे तर जतिबेला म उसलाई  हेरेको हुन्थे उसले पनि मलाइ नै हेरेको हुन्थ्यो हुन त त्यो झ्याल वाला कथा  जस्तै लाग्न सक्छ,तर खासमा उसले मलाइ हेरेको नै थियो मेरो बिचारमा। मान्छे हेर्दा खलासी हुने खालको थियन तर पनि खलासी भन्या खलासी नै हुन नि,दाउ मिल्यो कि चान्स मार्ने खालका यसो मिल्यो भने केटि संग टासियर उभिन्थ्यो उ पनि तर  म भने आफ्नै तालमा बसे नदेखेको झैँ गरेर ,गाडि हिडेको कि रोकियाको भनेर  छुटाउनै गारो हुने थियो जामले गर्दा माइक्रो ठ्याक्कै रोकियको थियो। सायद माइतिघर को थियो होला जाम तर   बबरमहल भन्दा ओर सम्म थियो।मान्छे सबै हतारमा थिय तर म भने आज  हतार नभयको जस्तो गरि टोलायको थिय वा केहि सोचिरहेको थिय म झल्यास्स भय जब गाडिले ट्वा ट्वा हर्न  लगायो …… नाम सोध्न मन लाग्यो तर सोध्न सकिन,,, नाम  थाहा भयन नत्र नामले नै  बोलाउथे होला र चिने जसरि बोल्थे तर यस्तो हुने कुरै थियन किन किन मलाइ खलासी भाइ दाइ  सम्बोधन गर्न  र बोल्न मन लागेन तर मन नै अमिलो हुने गरि एउटाले पछाडिबाट खलासी भाई  बबरमहल छ है भन्यो,, सोचे यदि भाइ पनि भन्नु छ भने किन खलासी पनि साथमै जोड्नु ,मान्छे को बाध्यता अनि के के पर्दो रहेछ हेर्दा ठुलै मान्छे हुने जस्तो छ तर माइक्रो ड्यापड्याप गर्दै हिड्या  छ उसको पनि त मन होला जुन अरु आफु समानका ले गर्दै हिडेका हुन्छन कलेज जाने सफा लुगा लगाउने ,हाम्रो समाज नै त्यस्तै भयर पनि  त होला जसले गर्दा उ आफैले गरेको कामलाई आफैले हेला गर्ने ,त्यसैले होला सायद उसले पनि राम्रा कपडालाई कुनै महत्व नदियार त्यस्तो बनायको अनि आफु पनि त उस्तै देखियको थियो जस्तो आफुले लगायको कपडा देखियको थियो। खलासी खासमा एउटा पद नै हो तर त्यो पद भन्दा कति नराम्रो सुनिने  हाम्रो सोचाइले नि होला बारम्बार हाम्रो समाजमा सुनिने त्यो सब्द जसरि नराम्रो बनाइयो हाम्रा दाइ दिदि आमा बाबा अनि काका काकी हरुले तँ त खलासी नै हुने भैस  यो चालाले भन्ने भयर होला यो खलासी त काम नै नलाग्ने पेसा होइछ भन्ने ,त्यहि सब्द मेरो भाइलाई बाबा ले भन्दा सामान्य लाग्थ्यो तर आज कति नराम्रो।बल्ल तल्ल जाम खुल्यो तर उसले अझ नि भन्दै थियो कराउदै थियो आफ्नो पेशा जनाइरहेको  थियो सुन्धारा,आर.एन.ए.सि. बसपार्क भन्दै  अनि बेला बेला भन्थ्यो अगाडि झर्ने कोइ छ भय अगाडि आउनु है,हिजो अस्ति चड्दा देखेको अनि भोगेको खलासी को ब्यवहार अनि  आज देखेको उसको ब्यवहार कति फरक थियो म सोचिरहेको थिय।  माइतिघर कट्यो अनि ढोका बन्द गरेर ल सबैले भाडा निकालौ है भन्दै पछाडी हिड्यो म पुन सोचाइमा परे आज किन  भाडा अगाडिबाट उठायन?म संग माग्न अप्ठेरो लगेर होला मैले यस्तै  सोचे! सायद म जे सोचेको थिय उसले नि त्यहि सोचेर  होला पछाडिबाट भाडा उठायको तर भाडा  उठाउदै म भय निर आयछ अनि मलाइ भन्यो खै भाडा निकाल्नु !म झस्किय अनि भन्न नहुने कुरा भनेछु 'मैले नि दिने र 'उ अक्क-मक्क  मा पर्यो छेउमा बसेको केटोले ट्वा परेर हेर्यो,हुदा हुदा ड्राइभर  दाइले नि पछाडी फर्किय,उ झर्कियर  भन्यो किन को हो र तपाइँ भाडा  नदिन लाई म केहि बोलिन र  खुरुक्क पैसा निकालेर साथमा परिचय पत्र पनि दिय मेरो चाहना उसले मेरो नाम थाहा पाओस अनि कुनै बेला भेट्यो भने मेरो नामैले सम्बोधन गरोस अनि म उसको नाम पनि सोध्न सकु अनि खलासी भाइ दाइ होइन नामैले बोल्न पाउ ,,उसले कार्डमा नाम पढेछ  अनि मेरो नाम सम्बोधन गर्यो सुस्तरी जुन उ भन्ने मान्छे अनि म  जसले सुन्नु पर्ने हो २ जनाले मात्र सुएउ म खुसीले गदगद भय लाग्यो मेरो नाम कसैले स्वर्ग बाट सम्बोधन गर्दै छ ,,माइक्रो बसपार्क पुग्यो अनि रोकियो म भने सोचिरहे उसको नाम के होला उसले त मेरो नाम थाहा पायो तर उसको,,,, मैले  आशा  गरे उस्ले नै आफ्नो नाम मलाइ सुनाउने छ मेरो नाम खलासी होइन फल्नो हो।  तर जुन म सोचेको थिय त्यो भयन उसले नाम नि भनेन अनि मैले सोधिन पनि,,,, मात्र सोचे र आफैलाई  सोधे कतै उसको  नाम नै खलासी त होइन?                                    
photo:google 
                                                                                                                   राम प्रसाद बस्याल
                                                                                                                   २०७१/०४/०३ 

Saturday, February 1, 2014

                                                    सरस्वति,म अनि उनि                                                    

त,यति बेरसम्म सुतियछ घरमा आमा बुवा भाउजु सबै आफ्नो  आफ्नो काम सकेर चिया पिउने बेला भैराखेको रहेछ,आखा मिच्दै उठेको देखेर आमाले भन्नुभयो"आज त सरस्वती पुजा होइन र?"आमाको कुरा टुङ्गिन नपाउदै बुवा ले ब्यङ्ग हान्नु भो,"एह उठी सक्नु भो"मैले कुनै प्रतिक्रिया नदिकन धारा तिर लागे धाऱामा हात मुख धुदै थिय बाटोमा दुइ जना नै  रहेछन. बाटोबाटै एउटाले भन्यो"साले बल्ल उठेको त?"मैले जिस्किदै भने "मुला त आज चाडो उठिस भनेर भयो"म  तेतिमात्र प्रतिक्रिया दियर नुहाइ धुवाइ तिर लागे अनि उनिहरुलाइ पनि ५ मिनेटमा निस्केने कुरा जनाए,हुन त हामि नेपालिको बानि नै परिसकेको हुन्छ,अनि म पनि कहा बाट अछुतो रहन्छु र?५ मिनेट मा झर्ने भने पनि झन्डै आदि घन्टा पछि साइकल टिर्लिङ---टिर्लिङ पर्दै निस्किय। उनिहरु पनि रेडि भैसकेर बाटोमा थिय,अनि सधै जस्तै उहि बाटो उहि खत्राङ-खुत्रुङ हुने बाटोमा साइकल कुदाइयो,तेस दिन अलि भिन्न भयकाले हामि अरु दिन जस्तो छुटियनौ घर देखि स्कुल नपुगुन्जेल ३ जना सङै भयर गैयो,बाटोमा साइकल कुदाउदा आखा डुलाउन भने छडिन्थेन,तेसैले कतिबेला त ठुलै ढुङामा डर्लङ उफृन्थेउ।१० बजे तिर स्कुल पुगियो,सबै जना आफ्नो आफ्नो किसिमले पुजा गर्न बेस्त थिय,अनि हामिलाइ देखेर उनि हामि भय नजिक आइपुगिन उनि आयको देख्ना साथ २ जना साइड लागे,मनमनै भने साथि भनेको साथि नै हुन,अनि म र उनि मन्दिर तिर लागियो,सरकारि स्कुल भयपनि त्यो स्कुल अन्यको तुलनामा स्तरिय थियो तेसैले बिध्यार्थिको प्राय क्लासमा १०० बाट माथि हुन्थ्यो।तेसैले पनि पुजा गर्ने लाइन झन्डै दुइ तिन सय मिटर जति लामो थियो,पुजा गर्ने लाइन मा फाट फुट अलि भलाद्मि जस्ता देखिने मान्छे पनि थिय,सायद स्थनिय थिय। लाइन मा बसेको पनि पौने एक घन्टा भयछ पुजा गर्ने पालो आयो म पछि उनि अगि थिइन उन्ले पुजा गरेको हेरे कति राम्रो देखियको त्यो कुर्ता सुर्वाल् कस्तो सुहायको म त झन्डै तेहि हरायको,एक्कासि झसङ भय ओए पुजा गर भन्दा त,म ट्वाल्ल परेर बसेको देखेर सबैले सक गरेछन,अनि म भ्न्दा पछिकोले भन्यो,उस्ले पुजा गरि अब तैले किन गर्नु पर्यो र?त्यो कुरालाइ प्रतिबाद गर्न चाहिन,म आफ्नो सुरले पुजा गरे,अनि एताउता नहेरि तेहा बाट निस्किय,उनि एक्लै बसेकि रहेछिन,म पनि उन्लाइ नदेखे जसरि प्रसाद बितरण भय तिर लागे,म उता लागेको देखेर छड्के नजरले हेर्दैथिइन त्यो देख्दा मलाइ अझ आनन्द लाग्यो अनि अझ राम्रि पनि,प्रसाद बाड्नेमा साथिहरु पनि थिय अनि पाले दाइ पनि,मैले प्रसाद मागे सोचे दुइ जना लाइ माग्छु तर मागिन एउटै सानो प्लास्टिकको प्लेटमा लिगे अनि खुरुखुरु उनि भयको ठाउमा गय,उनि एकसुरले बसेकि थिइन मैले पछि बाट घच्चा लगाउदा झसङ भैन तर मुखबाट आवाज निक्लेन,मैले भने -किन एकलइ बसेकि?उनले तुरुन्त प्रतिकृया जनाइन,-तिम्ले के भन्छौ भनेर,म हासे अनि उनि पनि हासिन मन्द मुस्कान मा अनि मलाइ जिस्काउदै भनिन, हेहेहे,,,,,म बोलिन अनि इसाराबाटै दिय प्रसाद उनले थोरै टिपेर प्लेटबाट हात निकालिन र भनिन आ गर म झस्किय अनि मुख खोले उन्ले थोरै बाट थोरै मलाइ खुलाइन् अनि तेसैबाट बाकि रहेको आफ्नो मुखमा राखिन,म बोल्न सकिन मन मनै सोचे कति माया गर्छिन है मलाइ,मैले सोचि मात्र रहे,,अनि प्लेटमा बकि रहेको दुबै मिलेर खायौ।अनि हामि गफ़ गर्न लागेउ कतिबेला पढाइको  त कतिबेला आफ्नो भविस्यको  बारेमा ,तेतिकै मा हाम्रो मिले ग्रुपको ६|७ जना हामि भय सामु आय कराउदै तिमिहरुलाइ हमि चाहिन्नौ है? हामि केहि बोलेनौ अनि एकछिन तेहि रमाइलो गरेर फोटो खिच्न निस्कियौ,बाहिर मान्छेको भिडभाड हटिसकेको थियो,अनि एउटा फोटो स्टुडियो बाट तेहि आयको रहेछ४|५ फोटो हरु तेहि खिचेर स्टुडियो तिर लागेउ तेहा ग्रुप अनि डबल तृबल फोटो खिचेउ अनि हामि २ जनाको पनि धेरै नै खिचियो,मन मनले सोचे एकछिन कहि बसेर गफ गर्न पाय पनि हुन्थ्यो नि,तेतिकैमा एउटाले भन्यो ओए घर जाने होइन?म झस्किय अनि यसो घडि हेर्दा ३ बजिसकेको रहेछ अनि उन्लाइ साइकलको पछि राखेर उनको घर हुदै निस्कियौ गफ गर्दै उन्लाइ घर छाडेपछि कता कता एकलै भयको अनुभुति भयो।तर पनि घर त जानु नै थियो अनि पुन तेहि बाटो दाया बाया आखा डुलाउदै गफ लडाउदै उहि खत्राङ खुत्रुङ बाटोमा साइकल कुदाउदै घर पुगेउ।                                              


                                                                                सरस्वति पुजामा आधारित काल्पनिक कथा